
देउखुरी । होटल पौवा प्रालिले आफनो ग्राहकलाई लक्षित गरि महाशिवरात्री वर्ष मनाएको छ । ‘शिवरात्रीको प्रसाद, पौवाको स्वाद, संस्कृतिको संरक्षण, भजन किर्तनको उल्लास’ भन्ने नाराका साथ फागुन २५ गते महाशिवरात्रीको अवसरमा आफ्ना देशभरका १२ वटै शाखामा भजन किर्तनको उल्लासका साथ शिवरात्री उत्सव मननाउने भएको हो ।
सोही अवसरमा भालुुवाङ स्थित होटल पौवाले पनि यस वर्षको महाशिवरात्रीको दिन भजन किर्तन सहित विशेष कार्यक्रम गर्ने भएको छ । महाशिवरात्रीकोे अवसर पारेर फागुन २५ गते होटल पौवाले बेलुका ६ बजेदेखि ९ बजेसम्म विशेष भजन किर्तन तथा प्रसाद ग्रहणको कार्यक्रम आयोजना गरीको होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेले जानकारी दिए ।
फागुन २५ गते शिवरात्रीका दिन भजन किर्तन तथा प्रसाद ग्रहण कार्यक्रममा सम्पूुर्ण भक्तजनलाई समावेश हुन होटल पौवा भालुवाङका म्यानेजर न्यौपानेले अनुरोध समेत गरेका छन् ।
नेपाली संस्कृतिको संरक्षणामा टेवा पुर्याउँने उद्देश्यका साथ महाशिवरात्री पर्वको अवसरमा भजन किर्तनको साथै प्रसाद ग्रहणको आयोजना गर्न लागिएको म्यानेजर न्यौपानेले जानकारी दिए । शिवरात्री नेपाली संस्कृतिसँग जोडिएको एक महक्तवपूर्ण चाड हो । हरेक पर्वको महत्व संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ । नेपाली पहिचानसँग जोडिएका संस्कृतिको जगेर्ना गर्ने दायित्व हामी सबैको भएकाले यसको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको होटल पौवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया