लागु पदार्थ दुव्र्यसन विरुद्धको शिक्षा, रोटरी क्लव राप्तीको अभियान मा वि मौरिघाटमा सम्पन्न

देउखुरी । दाङको राप्ती गाउँपालिका ४ मौरीघाटमा अवस्थित माध्यमिक विद्यालयमा रोटरी क्लव अफ राप्तीले लागुपदार्थ दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

 

रोटरी क्लव अफ राप्तीको आयोजना, लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपालको प्राविधिक सहयोगमा अभियान सुरु भएको हो । क्लवका अध्यक्ष बासुदेव न्यौपानको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नं ४ का बडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर चौधरीको प्रमुख आथित्यतामा माध्यमिक विद्यालय मौरीघाटमा कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत करिव दुइ सय ५० जना विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा दिएको छ ।

लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिर बहादुर चौधरीले युवा समुदायमा विकराल बन्दै गएको लागुऔषध सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरेकोमा रोटरी अफ क्लव राप्तीलाई धन्यवाद दिनुभयो । ‘युवाहरु भविष्यका कर्णधार भएको बताउर्दै अध्यक्ष चौधरीले विद्यार्थिहरुलाई कुलतबाट बच्न अनुरोध गर्नु भयो । सानो प्रयासबाट पनि युवालाई लागुऔषधि दुव्र्यसनबाट बचाउन सकिने हुदा यो अभियान रहेक युवा माझ पुर्याउन जरुरी रहेको समेत बताउनु भयो ।

कार्यक्रममा बोल्दै विद्यालयकी प्रध्यानाध्यापक सिता रिजालले विद्यार्थीहरुले लागुऔषध सेवन गरेको प्रमाण भेटिएमा एक महिनासम्म सचेत गराउने र दोस्रो पटक पनि फेला परेमा शिक्षाबाट समेत बच्चित हुन सक्ने भन्दै विद्यार्थहरुलाई कुलतमा नफस्न अनुरोध गर्नु भयो ।

स्कुले विद्यार्थीहरुमा लागुपदार्थ सेवनको लत बस्न थालेपछी विद्यार्थीलाई केन्द्रित गरेर रोटरीले सचेतना अभियान सुरु गरिएको हो । पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । विशेषगरी कक्षा ८ देखी १२ कक्षाका विद्यार्थीहरुमा लागुपदार्थ सेवन गर्नेको संख्या वृद्धि भइरहेको छ ।

रोटरी वर्ष २०२३/२०२४को वार्षिक कार्ययोजना अनुसार क्लवले राप्ती गाउँपालिका भित्र रहेका विद्यालयमा हरेक महिना एक विद्यालयमा लागुपदार्थ दुव्र्यसन नियन्त्रणको लागी विद्यालय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बर्षभरीमा १२ वटा विद्यालयमा लागुऔषध दुव्र्यसन सम्बन्धी विद्यालय शिक्षा कार्यक्रम गरिने कार्यतालिका रहेको रोटरी क्लव अफ राप्तीका वर्ष २०२३/२०२४ का अध्यक्ष बासुदेव न्यौपानले जानकारी दिनुभयो । ‘स्कुले विद्यार्थीमा दुव्र्यसनको लत बस्न थाल्यो । यो गम्भिर चुनौती हो’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई दुव्र्यसनबाट टाढा राख्नैपर्छ । यसका लागी हामीले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं ।’

कक्षा ८ देखि १२ कक्षासम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै सो कार्यक्रम सुरु गरेको रोटरी क्लव अफ राप्तीका अध्यक्ष न्यौपानले जानकारी दिनुभयो । ‘हरेक महिना एक विद्यालय अन्तरगत १२ विद्यालयमा लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा लागु गर्ने छौं’,अध्यक्ष न्यौपानेले भन्नुभयो,‘जनचेतना फैलाउने अभियानमा सबैको साथ सहयोगको खाँचो छ ।’

लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपाल लुम्बिनी प्रदेशका संयोजक तथा नार्कोनन् नेपाल लुम्बिनीका अध्यक्ष बसन्त बहादुर पुन मगरले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक प्रमोद पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया