दाङमा रड प्रहार गरी श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

दाङ । दाङमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन्।

 

तुलसीपुर उपमहागनरपालिका ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।

मदिराले मातेका चौधरीले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।

घटना शनिबार राति सवा १० बजेतिरको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएको थियो।

प्रहरी अधिकारीका अनुसार पण्डुवाले श्रीमतिको हत्यापछि श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए। त्यसपछि पुगेका दुई छिमेकी माथिपनि चौधरीले रड प्रहार गरी घाइते तुल्याएका थिए।

छिमेकी एक युवा र युवती उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया