
देउखुरी । ‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देयका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङद्धारा सञ्चालन भइरहेको ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०’ को छैठौं दिन माघ २ गते पनि मेलाको अवलोकन गर्न उल्लेख्य दर्शकहरु प्रर्दशनी स्थल पुगेका छन् ।
पुष २६ गतेदेखि माघ ८ गतेसम्म जारी महोत्सव २०८० राप्ती गाउँपालिकाको वडा नं. २ लालमटियामा रहेको टुडिखेलमा संचालन भइरहेको छ ।
माघ २ गते सोमबार सांस्कृतिक कार्यक्रम तर्फ चर्चित गायक रमेशराज भट्टराई, थारु कलाकार राजेन्द्र चौधरी र कार्यक्रम संचालिका तथा गायिक शर्मिला अर्यालको प्रस्तुति रहेको थियो । चर्चित गायक रमेशराज भट्टराईले तिमी लास्टै ब्युउटि छौ, बेहुला बनाउछु भन्थि बहुला बनाएर गई, राजा राजा भन्थि मलाई बाजा बजाएर गई, खुट्टा भए जुत्ता छानी छानी पाइन्छ बजारमा, बबाल भो बबाल भो लगायत आधा दर्जन गितहरु गाएर दर्शकलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।
यसैगरी माघ ३ गते बुधवार चर्चिक लोक गायक बद्री पंगेनी, चन्द्र शर्मा र गायिका तथा कार्यक्रम संचालिका शर्मिला अर्याल लगायतको प्रस्तुति रहने महोत्सव व्यवस्थापक ऐस के शर्माले जानकारी दिएका छन् ।


तपाईको प्रतिक्रिया