
देउखुरी । होटल पौवा प्रालिले आफनो ग्राहकलाई लक्षित गरि माघी उत्सव मनाएको छ । ‘चिसो चिसो माघमा पौवाको ताप, माघीको खिचडी तपाई हाम्रो साथ’ भन्ने नाराका साथ सोमबार माघे संङघ्रान्तीको अवसरमा आफ्ना देशभरका १२ वटै शाखामा पौवा माघी उत्सव मनाएको हो ।
सोही अवसरमा भालुुवाङ स्थित होटल पौवाले पनि यस वर्षको माघी विशेष कार्यक्रम सम्पन्न गरेको छ । माघी पर्वको अवसर पारेर माघ १ गते होटल पौवाले यस वर्षको माघी विशेष कार्यक्रम सम्पन्न गरेको होटल पौवा भालुवाङका म्यानेजर श्याम न्यौपानेले जानकारी दिए।
नेपाली संस्कृतिको संरक्षणामा टेवा पुर्याउँने उद्देश्यका साथ माघी पर्वको अवसरमा खाइने विभिन्न परिकारका साथ माघी कार्यक्रम सम्पन्न गरेको म्यानेजर श्याम न्यौपानेले जानकारी दिए । माघी पर्व नेपाली संस्कृतिसँग जोडिएको एक महत्त्वपूर्ण चाड हो । हरेक पर्वको महत्व संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ । नेपाली पहिचानसँग जोडिएका संस्कृतिको जगेर्ना गर्ने दायित्व हामी सबैको भएकाले यसको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको होटल पौवाले जनाएको छ ।

माघेसंक्रान्तिको दिन पारेर होटल पौवाले आफ्ना ग्राहकहरुलाई खिचडी, चाकु, तिलको लड्डु, माछाको अचार, ढिक्री, गुन्द्रुकको अचार, तरुल, सखरखण्ड, चाकु, सेलरोटी लगायतका परिकार चखाएको म्यानेजर न्यौपानेले बताए । न्यौपानेका अनुसार भालुवाङ होटल पौवामा मात्र करीब २ सय जना आफ्ना ग्राहकलाई माघीको परिकार चखाइएको छ ।

तपाईको प्रतिक्रिया