देउखुरी । लमहीको सिद्धार्थ होटल ग्रिन लुम्बिनीले स्थापनाको पहिलो बर्ष पुरा गरेको छ ।

पहिलो बार्षिकत्सवको अवसरमा होटलमा आइतबार समुदाय स्तरमा खाना पकाउने प्रतियोगीता आयोजना गर्दैछ । पाँच/पाँच जना व्यक्ति सहभागी छ वटा समुहले प्रतियोगीतामा भाग लिने र उत्कृष्ट समुहलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको सिद्धार्थ ग्रुपका कर्पाेरेट सेफ एलवी कौशलले जानकारी दिनुभयो ।
समुदायबाट प्रतियोगीतामा भाग लिनेहरुले नेपाली, नेवारी, थकारी, थारु लगायतका परिकार तयार पार्ने छन् । जसको मुल्यांकन सिद्धार्थ ग्रुपले तोकेको मुल्यांकन समुहले गर्ने छ ।
२० करोडको लगानीमा स्थापना भएको सिद्धार्थ होटल ग्रिन लुम्बिनीले एक बर्ष सफलतापूर्वक पुरा गरेको होटलका प्रवन्धक पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो । नेपाली खानालाई विश्व बजारमा चिनाउने र समुदाय स्तर सम्म होटलको पहुँच बढाउने उद्देश्यले प्रतियोगीता गर्न थालिएको हो ।


तपाईको प्रतिक्रिया