दाङ-लमही नगरपालिका-५ निवासी दिवंगत सूर्यबहादुर बिककाे परिवारलाई आर्थिक तथा अन्य सामाग्री सहयाेग गरिएको छ ।

लायन्स क्लव अफ लमहीमा आवद्ध प्रतिनिधिहरुले स्वस्फूर्त नगद तथा सामाग्री संकलन गरेर हस्तान्तरण गरेकाे काेषाध्यक्ष शेषदत्त चाैधरीले जानकारी दिनुभयाे ।
आर्थिक अभावका कारण काजकिरिया गर्न समेत समस्या परेपछि मानवीय धर्म निभाउन सहयाेग गरिएको हाे । नगद छ हजार छ सय पाँच र नाैं हजार बढीको सामाग्री सहयाेग गरिएको छ ।
बिककाे घरमा लायन्स क्लव अफ लमहीका अध्यक्ष साहना श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष जंगबहादुर चौधरी, कोषाध्यक्ष शेषदत्त चौधरी, सह-कोषाध्यक्ष बर्षा वली चौधरी सहित लायन्स परिवार पुगेकाे थियाे ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया