
तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका दाङको दोस्रो गाउँसभाको चौथो अधिवेशन (हिउँदे अधिवेशन) यही पुस २६ गते देखि शुरु हुने भएको छ ।
राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार पुष २६ गते बिहान ९ बजे अधिवेशनको मिति तय गरिएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो ।
मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगाएतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया