श्रवण कुमार यादव
राजपुर। दाङको राजपुर गाउँपालिकाको राप्ती नदिमा माछा मार्ने क्रममा गए राती एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राजपुर-६, गंगदीका ४० वर्षीय शुकदेव चौधरी रहेका छन्। राप्ती नदिमा माछा मार्ने क्रममा उनकोे गए राती मृत्यु भएको हो।
श्री रात्री प्राथमिक विद्यालय गंगदीका कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका चौधरीको शव परीक्षणका लागि लमही अस्पताल लग्ने तयारी भइरहेको प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभएको हो।
रातीको समयमा राप्ती नदिमा माछा मार्ने क्रममा उक्त घटना भएको र आफूहरु थप अनुसन्धान कै क्रममा रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया