
ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।
मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।
मन्त्री ज्वालाको सरकारी गाडी आगजनी घटनामा प्रहरीको गोली चलाउदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुने करिब २३ वर्षीय सुजन राउत रहेको इमाडोलस्थित किष्ट अस्पतालले जनाएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा राउतमाथि गोली लागेको हो । उनलाई उपचारका लागि किष्ट अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन गरेका हुन् ।

तपाईको प्रतिक्रिया