बिहीबारसम्म सपथ हुन्छ : मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबारसम्म मन्त्रीको सपथ हुने बताएका छन् ।

 

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे ।

‘मन्त्री त सम्भवत्ः आज नभए भोलि बिहिबारसम्म फाइनल हुन्छ ।‘ चौधरीले भने ‘आज भएन भने सपथ ग्रहण भोलि बिहिवार पक्कै हुन्छ ।’

चौधरीका अनुसार माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएका छन् ।

नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको छ । जस अनुसार मन्त्री बन्ने नेताहरुको नाम एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ । नेता चौधरीको नाम शहरी विकास मन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया