गोबरडियामा स्कार्पियो दुर्घटना, दुई जना घाइते

दाङ । गढवा गाउँपालिका वडा नं ३ गोबरडियामा स्कार्पियो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

 

गढवा कालाकाटे सडक खण्डअन्तर्गत पूर्व देखि पश्चिम तर्फ जाँदै गरेको बा १२ च ८९६९ नम्बरको रातो स्कर्पियोले विपरित दिशाबाट आउँदै गरेको रा ४ प ९०९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल लगिएको प्रहरी जनाएको छ । स्कार्पियो चालक भने फरार रहेका छन् ।

स्कार्पियो स्पीडमा आएर अनियन्त्रित भई मोटरसाइकल माथि पल्टिएको छ । मोटरसाइकलमा सवार आदर्श प्रा. वि. बडहराका प्रध्यानाध्यापक र आर्दश विद्यालय वनघुस्रीका प्रध्यानाध्यापक राजितराम यादव भने मोटरसाइकल छाडेर नालामा हाम फालेर बाँच्न सफल भएका छन् ।

तस्बिर भानु जिएमको फेसबुक वालबाट

तपाईको प्रतिक्रिया