बासुदेव न्यौपाने

‘सफलताका पाईला’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा एक दिने व्यावसायीक क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ ।
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा अवस्थित पोख्रेल किराना पसलको आयोजना राप्ती उद्योग वाणिज्य संघको सभाहलमा एक दिने व्यावसायीक क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष, राप्ती फिड इण्डस्ट्रिजका संचालक, सफल व्यवसायी तथा समाजसेवी जगत प्रसाद पोख्रेलले अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिनु भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक पोख्रेलले विशेषगरी व्यवसायिक सफताका सूत्र, व्यवसायिक योजना निर्माण किन र कसरी, उताड चडावको सहि व्यवस्थापन कसरी, उपभोक्ता संगको व्यवहार कस्तो, बजार र उपभोक्ताको मागको सम्वोधन कसरी, आत्म विश्वास कसरी बढाउने, जोखिम कसरी उठाउने जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो ।
व्यवसाय गर्दा जहिले पनि सानो व्यवसायबाट सुरु गर्नुपर्नेमा जोड दिदै पोख्रेलले भन्नु भयो हामी ठूलो सपना बोक्दा असफल हुन पुगेका छौं । त्यसैले सानोबाट सुरु गरी ठूलो व्यवसाय गर्नु पर्छ ।
कार्यक्रममा करिब एक सय जना व्यवसायी, उद्योगी तथा नयाँ व्यवसाय गर्न चाहन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष, राप्ती फिड इण्डस्ट्रिजका संचालक, सफल व्यवसायी तथा समाजसेवी जगत प्रसाद पोख्रेलको अध्यक्षता, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आथित्यता तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको विशिष्ठ आथित्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण राप्ती उद्योग वाणिज्य संघका सचिव भरतमणी न्यौपानेले गर्नु भएको थियो ।
अभिमुखिकरणका मुख्य मुख्य विषयहरु
व्यवसायिक सफताका सूत्र
- सहि ठाउँको छनौंट
- यातायात को सुविधा भएको
- धेरै मानिसको आवत जावत हुन क्षेत्र
- ग्राहकको सुविधालाई ध्यान दिनुपर्ने
- मुनाफा कम भएपनि निरन्तर विक्रि हुने बस्तु राख्ने
- नगद विक्रिलाई जोड दिने
- सकभर उधारो विक्रि नगन
- आफुले सुरु गरेको व्यवसाय र उद्योगका विक्रि गर्ने बस्तुहरु गुणस्तरयुक्त र छिटो सर्भिस तथा सेवा प्रदान गर्ने ।
- आफ्ना ग्रहाक संग सधैं मित्रवत व्यवहार गर्ने, परिवारको सदस्य जस्तो व्यवहार गर्ने । आफु साहु जस्तो नबन्ने ।
- ग्रहाकको गुनासोलाई आफु सुध्रिने अवसरको रुपमा लिनुपर्छ ।
- गुनासोको सम्वोधन तत्काल गर्नुपर्छ । नत्र भने तपाइको उत्पादन बारे नकारात्मक कुरा प्रचार हुने जोखिम रहने छ ।
व्यवसायिक योजना निर्माण किन र कसरी
- उपभोक्ताको माग के छ ? रिसर्च गर्ने ।
- विक्रि हुने सम्भावना खोज्ने र योजना बनाउने ।
- ग्रहाकको डिमाण्ड के छ ? पत्ता लगाउने र सोही अनुसारको सामाग्री विक्रि वितरणको खाका बनाउने ।
- समयको माग र आवश्यकताको आधारमा प्रोडक्ट परिमाजर्गन गर्दै लैजाने ।
- ग्रहाकको फाईदालाई ध्यान दिने ।
- धेरै माग हुने, पुनः अडर आउने खालका सामान खरिद गर्दा छिटो विक्ने धेरै र ढिलो विक्ने सामान थोरै खरिद गर्नुपर्छ ।
- खराब ग्रहाक संगको सम्वन्ध कम गर्ने र असल ग्रहाकलाई फोकस वा महत्व दिने ।
- ग्रहाकले आफ्नो प्रोडक्ट वा सामानको कमजोरी थाहा पाउनुभन्दा पहिलेनै आफुले थाहा पाउनुपर्ने ।
- आफ्नो कमिकमजोरीको तुरुन्त माफ माग्ने ।
- अरुको भन्दा आफ्नो पसलको डेकोरेसन राम्रो हुनुपर्ने ।
- आफ्नो उद्योग वा व्यवसायमा आउन सक्ने चुनौतीका बारेमा सधैं सचेत रहने ।
- सधैं नयाँ सम्भावनाको खोजी गर्ने ।
- नकारात्मक सोंचलाई हटाउने । हुन्नहोला, सक्दिन होला, म कमजोर छु । पैसा छैन् । म भन्दा उ पुरानो हो धेरै जानेको छ भनेर आफुलाई कमजोर नबनाउने ।
- सधैं आफु भन्दा सफल कुसल, व्यक्तिसंग सम्वन्ध प्रगाढ राख्ने, साझेदार व्यवसायमा साझेदारी गर्ने ।
- समय धेरै दिनुपर्छ । जतीधेरै समय दिनुहुन्छ । त्यतिधेरै कमाई र सफलता प्राप्त हुन्छ ।
व्यवसायका कुरा
- समय अनुकुल आफ्ना चालचलन, भाषा, शैली विस्तारै सुधार गर्दै लैजानुपर्छ ।
- नाफाको लक्ष्य प्रत्येक बर्ष बढाउदै लैजाने, घाटाको व्यापार जानीजानी नगर्ने ।
- आफुले सोंचेको र गरेको व्यवसायलाई निरन्तरता दिइरहने आफ्नो लाइन वा दिशा परिवर्तन नगर्ने ।
- गल्ती गर्ने तर नदोहो¥याउने ।
- सिजनल बस्तुलाई प्राथमिकता दिने ।
- सधैं नयाँ नयाँ सोंचको विकास गर्ने, खोज अनुसन्धान गर्ने, योजना बनाउने । आफुलाई ठिक लागेको कुरा तुरुन्त गर्ने ।
- जोखिम उठाउन सक्नुपर्ने ।
- डिजिटल मार्केटिङ्गको भरपुर उपयोग गर्ने ।(युटुव, फेसवुक, रिल इन्स्ट्राग्राम आदीको प्रयोग बढाउने)
- आगामी दिनको लक्ष्य तय गर्ने । अहिले कहाँ छु, एक बर्षमा कहाँ पुग्ने हो र दश बर्षमा कहाँ पुग्ने हो योजना बनाउने । समिक्षा गर्दै लक्ष्य पुरा गर्दै जाने ।
- समस्याबाट भाग्ने वा विचलित कहिले पनि नहुने ।
- असफलताबाट सिक्ने ।
- ऋणलाई कम गर्ने । सुरुमा तिर्दा महंगो ऋण तिर्ने ।
- दैनिक आफुलाई खुसी राख्ने ।
- सहयोग र दान आफुसक्दो गर्ने ।
- दैनिक कार्ययोजना बनाउने । विहान देखी साँझ सम्मको योजना अनुसार काम गर्ने ।
- सरकारले तोकेको मापदण्ड पुरा गर्ने र कर तिर्ने ।
- मनोरञ्जन गर्ने । नयाँ नयाँ ठाउँको भ्रमण गर्ने ।
- घर परिवारमा पारिवारीक खुसी ल्याउने ।
- समयको महत्व बुझ्ने, मोवाइल कम चलाउने । चलाउदा पनि आफ्नो व्यवसायको बारेमा खोजी गर्ने र अध्ययन गर्ने ।
- सधैं सकारात्मक सोचाईका साथ आफु भित्र विभिन्न योजना बनाउने । योजनाको बिषयमा गहन छलफल गर्ने । सकारात्मक सोंचको विकास गर्दै अघि बढ्ने ।
उद्योगी संगका कुरा
- आफुलाई ढुक्क लागेको उद्योग तथा व्यवसायमा हात हाल्ने ।
- आफ्नो सोंचाईमा ठिक लागेको काम वा बस्तु छ भने तुरुन्त सुरु गर्ने ।
- असफलता संग नआत्तिने, बरु सिक्ने ।
- नयाँ योजना बनाउदा आफु खुसी भएको बेला बनाउने ।
- ज्ञान नभएको काममा हात नहाल्ने ।
- नगद कारोबार र राम्रो ग्रहाकलाई प्राथमिकता दिने ।
- हरेक दिन विहान व्यवसाय बढाउने बिषयमा ध्यान दिने, दिउँसो प्रोसेसिङ्गमा ध्यान दिने, बेलुका मार्केटको बिषयमा समिक्षा गर्ने ।
- विहान ९–१० बजे भित्र कर्मचारीहरु कहाँ जाँदैछन् र के को लागी जाँदैछन् रिपोर्टीङ्ग गर्न लगाउने, बेलुका के प्रगती भयो भन्न लगाउने ।
- हरेक हप्ता कर्मचारी संग, लगानी कर्ता संग सामुहिक तथा अलग अलग बैठक गर्ने, योजना बनाउने ।
- कर्मचारी संग बजारको गुनासो र समाधानको उपायको बारेमा बताउन लगाउने ।
- कर्मचारी राख्दा फरक फरक क्षमता भएको राख्ने ।
- असल कर्मचारी संग बेलाबेला पार्टी गर्ने ।
- हरेक कर्मचारीलाई अलग अलग जिम्मेवारी दिने ।
- सबै जानेको कुसल कर्मचारी छ भने पाटनर बनाउने ।
- कर्मचारीलाई सोझै गाली नगर्ने, सम्झाउने ।
- व्यवसाय तथा उद्योगलाई ब्राण्ड बनाउने ।
- अरुको भन्दा फरक प्रोडक्ट बनाउन् ।

तपाईको प्रतिक्रिया