बुटवल फुलवारीमा झुण्डिएको अवस्थामा बैंकका कर्मचारी फेला

बुटवल । बुटवल स्थित फुलबारीमा झुण्डीएको अवस्थामा बुटवलको एक बैङ्कका कर्मचारी फेला परेका छन् ।

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा शाइन रेसुङ्गा बैंकमा कार्यरत प्रकाश शर्मा फेला परेको बताए ।

आज बिहान फुलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए । शर्मा बुटवलको ट्राफिकचोकमा रहेको शाइन रेसुङ्गा बैंकको कर्जा शाखामा कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया