कानून निर्माणमा मेरो पहिलो प्राथमिकता छ : सभामुख घर्ती

आलोक भावुक
गढवा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानून निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । जनताको अपेक्षा विकास निर्माण केन्द्रीत भएता पनि आफु कानून निर्माणमा ध्यान दिने र विकाश निर्माणमा जोड दिने रहेको बताएका छन् ।

 

गढवा गाउँपालिका र नेपाल कानून समाजद्वारा आयोजित तिनदिने कानून निर्माण गाउँपालिकाको प्रभावकारी भूमिका विषयक अभिमुखिकरण कार्यशालाको शुक्रबार गढवामा उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर मगरले सो कुरा बताएका हुन् । जनताले विकास गर्ने भनेर पठाए पनि आफ्नो प्रमुख दायित्व विकाश संगै कानून निर्माण पनि भएको बताउँदै हाल सम्म लुम्बिनी प्रदेशमा ७२ ओटा कानुन बनाएको जानकारी समेत दिए ।

राजनीति गर्ने व्यक्तिहरुको प्रमुख जिम्मेवारी कानून निर्माण रहेको बताए। राजनीतिक दलहरुले कानून बनाउछौ भनेर भोट नमागेको बताउँदै बिकासबादी सोच तिर केन्द्रीत भएको बताए । आफ्नो ५ बर्षको कार्यकालमा एक पटक पनि जनताले के कानून बनाएको भनेर प्रश्न नगरेको भन्दै बिकाश केन्द्रीत बाटो घाटो पुल पानीको धारा विद्यालय कति बन्यो भनेर प्रश्न गरेको बताए । जनताको आवाज बिकासमा जोड दिने कानून निर्माणमा ध्यान दिने केन्द्रीत रहेको बताए ।

सभामुख घर्तीले गढवा गाउँपालिकाले कानून निर्माण सम्बन्धी तिन दिने बिज्ञ सहितको अभिमुखिकरण कार्यशाला पालिकाको महत्वपूर्ण कार्य भएको बताए। नव निर्वाचित जनप्रतिनिधिहरु अधिकांस कानूनसंग अनविज्ञ भएकोले सम्पूर्ण स्थानीय तहले कानून सम्बन्धी अभिमुखिकरण कार्यशालाको कार्यक्रम राख्नु पर्ने कुरामा जोड दिए । पालिका, वडा र न्यायिक समिति सञ्चालन गर्ने जनप्रतिनिधिहरुलाई कानून सम्बन्धी सामान्य जानकारी अति आवश्यक रहेको उताउदै स्थानीय संग प्रदेश सभा कार्यक्रम शुरु गर्न लागेको जानकारी समेत दिए । कानून निर्माणमा तिनै तहको सरकारको समन्वय आवश्यक रहेको भन्दै समन्व, सहकार्य र सह अस्तित्व जरुरी रहेको छ।

त्यसैगरी तिन दिने अभिमुखिकरण कार्याशाला कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कानूनी ज्ञान प्रयाप्त नहुँदा धेरै ठाउँमा समस्या आईपर्ने गरेकोले कानून निर्माण सम्बन्धी तिन दिने अभिमुखिकरण कार्यशालाको आयोजना गरेको बताए । कानून निर्माणको ठुलो जिम्मेवारी गाउँपालिकामा हुने तर त्यस सम्बन्धि अनबिज्ञ हुदा काम गर्दा कतिपय कठिनाईहरुको सामना गरेको बताए। कैयौ कामहरु राम्रो भनेर गर्दा पनि कानूनी अड्चन आईपर्ने भएकोले कानून निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताए ।

तिनहदिने कार्यशालामा गढवा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आठ वटै वडाका वडाध्यक्ष, गाउँकार्यपालिकाका सदस्यहरु, विषयगत शाखा र गढवा गाउँपालिकाका शाखाका शाखा प्रमुखहरु लगाएतकाको सहभागिता रहेको छ। प्रमुख प्रशिक्षकमा नेपाल सरकारका पूर्व कानून सचिव तथा नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेल, त्यसैगरी पूर्व न्याय परिषद सदस्य पदम बैद्दिक, नेपाल कानून समाजका अधिवक्ता तथा नेपाल कानून समाजका सदस्य मोहनलाल आचार्य र अधिवक्ता तथा नेपाल कानून समाजका सदस्य हेमन्ती न्योपाने प्रशिक्षकमा रहेका छन् ।

तिन दिने अभिमुखिकरण कार्यशालाको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्य तथा पूर्व मन्त्री माधव पौडेल र नेपाल कानून समाजका पदम प्रकाश बैद्दिकको विशिष्ट आतिथ्यमा भएको हो ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया