गढवामा सम्पन्न भयो बृहत रक्तदान

दाङ–दाङको गढवामा बृहत रक्तदान गरिएको छ । अपांगता भएका व्यक्तिहरुको ३२ औं अन्तराष्ट्रिय दिवसको अवसरमा सोमवार बृहत रक्तदान कार्यक्रम गरिएको हो ।

 

५४ जनाले रक्तदान गरेको रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरेले जानकारी दिए । रोटरी क्लव अफ लमही, लमही जेसीज, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा लगायतका संघ संस्थाको आयोजना र समन्वयमा रक्तदान गरिएको हो ।

रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरेको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले रक्तदान जीवन दान भएकाले यस अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

देउखुरी सामुदायिक पुस्तकाल तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन लमही जेसीजका अध्यक्ष फणाधर ढकालले गरेका थिए । कार्यक्रमको सहजीकरण रोटरी क्लव अफ लमहीका सचिव लोकमान रिजालले गरेका थिए ।

तपाईको प्रतिक्रिया