नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको थापाको भनाइ छ।

‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै थापाले भनेका छन्।
टिकटक बन्द गर्ने सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको थापाको भनाइ छ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्– टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया