
तुल बहादुर कवँर मगर
देउखुरी । सिसहनियाँ र राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको संयुक्त टोली दुई लाख तीस हजार बढीको राहत सामाग्री बोकेर भुकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको छ ।
शुक्रबार अपरान्ह संघका अध्यक्ष सहित ६ सदस्यीय टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेको हो ।
संघका सदस्य तथा राप्ती गाउँपालिकाका विभिन्न स्थानका व्यापारीबाट संकलन गरिएको बल्याङ्केट, म्याट लगाउने लत्ताकपडा, त्रिपाल गरी करिव २ लाख ३० हजार बराबरको राहत बोकेर जाजरकोट प्रस्थान गरेको हो ।

टोलीमा राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गका अध्यक्ष सुरज खड्का, महासचिव नारायण शर्मा, सिसहनियाँ उद्योग वाणिज्य संघ सिसहनियाँका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बरिष्ठ उपाध्यक्ष इश्वरी अधिकारी, सदस्य रामलाल पाण्डे, कृष्णराज पौडेल रहनु भएको छ।
गत कार्तिक १७ गते राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पमा परि जाजरकोट र रुकुम पश्चिमका गरि १ सय ५७ जनाको ज्यान गई सकेको छ भने ३ सय ७५ जना भन्दा बढी घाइते भएको छन्।

तपाईको प्रतिक्रिया