दाङ-सशस्त्र प्रहरी बल नेपाल सिराहाले तीन जना व्यक्तिलाई अत्याधुनिक हतियार सहित पक्राउ गरेकाे छ ।

बिशेष सुचानाकाे आधारमा जाँच गर्दा तीन जना व्यक्तिबाट अत्याधुनिक पेस्तोल, त्यसमा लाग्ने गाेलि र नगद बरामद गरेकाे डिएसपी नवीन बुढाथोकीले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका-८ बस्ने वर्ष ३२ को अनिल राम, साेही पालिकाकाे वडा नम्बर ५ बस्ने जिवान्नंद चौधरी, खड्क नगरपालिका- ४ बस्ने वर्ष ३५को संजय प्रसाद चौधरी रहेका छन ।
उनिहरुकाे साथबाट ब्राउजिङ पेस्तोल १ थान, सोको म्याग्जीन १ धान, नगद एक लाख ८४ हजार दुई सय ५३, चारधान मोबाईल सेट र विभिन्न कम्पनिको चार लाख ६४ हजार पाँच सय बराबरको रिचार्ज कार्ड बरामद गरेको भएको छ । पक्राउ परेका व्यक्तिहरुलाइ थप अनुसन्धानकाे लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया