
जगत खनाल
देउखुरी । लुम्बिनी प्रदेश पुर्वाधार बिकास प्राधिकरण कार्यालयले राजधानी क्षेत्रको जग्गा एकीकरण (ल्याण्ड पुलिङ) बारे विभिन्न क्षेत्रका समुदाय संग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
सोमबार राप्ती उपत्यका अन्तरगत रहेका निजि क्षेत्रका प्रतिनिधि संग आजसम्म भएका जग्गा एकीकरण कार्य प्रगति र आगामी दिनमा गर्ने कार्य बारे अन्तरक्रिया गरेको छ ।
लुम्बिनी प्रदेश पुर्वाधार बिकास प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छबिराज पोख्रेलको अध्यक्षता तथा जग्गामा एकीकरण कार्यक्रमका बिज्ञ पदम प्रसाद बैदिकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा पुर्वाधार बिकास प्राधिकरणका कार्यकारी अधिकृत इन्जिनियर छबिराज पोख्रेलले आज सम्म भएका कार्य प्रगति र आगामी दिनमा गर्ने योजनाको प्रस्तुतीकरण गरेका थिए । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा तयार भएको गुरुयोजना एक हजार बिघामा सुरु गरिएको जग्गा एकीकरणको कार्यक्रम बारे निजि क्षेत्रका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।
राप्ती उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु होम प्रसाद शर्मा, जगत प्रसाद पोख्रेल, वर्तमान अध्यक्ष सुरज खड्का, सचीव भरतमणी न्यौपाने, सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी , उद्योगि गन्ज बहादुर बिष्ट , गढवा उद्योग बाणिज्य संघका अध्यक्ष लगायतले जग्गा एकीकरणको विभिन्न प्रक्रिया बारे जिज्ञासा राखेका थिए ।
निजि क्षेत्रका प्रतिनिधिले राखेको जिज्ञासा जग्गा एकीकरण बिज्ञ पदम बैधिक , जग्गा एकीकरण आयोजना कार्यालयका अध्यक्ष श्यामेस चौधरी र इन्जिनियर पोख्रेलले जिज्ञासा मेटाउने प्रयास गरेका थिए ।

तपाईको प्रतिक्रिया