राप्ती गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तत्काल राहत स्वरुप १ लाख आर्थिक सहयोग गर्ने

 

 

देउखुरी । दाङको राप्ती गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिम भूकम्प प्रभावितका लागि तत्काल १ लाख रुपैेयाँ सहयोग गर्ने भएको छ ।

आज(आइतवार) राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले भुकम्प प्रभावित क्षेत्रका नागरिकहरुलाई तत्काल राहत स्वरुप १ लाख आर्थिक सहायता गर्ने निर्णय भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । साथै पालिकाले पुनर्निर्माणको समयमा प्राबिधिक सहित आबस्यक जनशक्तिले श्रमदान गर्ने समेत निर्णय गरेका अध्यक्ष विष्टले बताए ।

गाउँपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गर्नेछ। ‘नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमै सहयोग रकम जम्मा गर्ने छौं,’ अध्यक्ष बिष्टले भने, ‘भूकम्पले छिमेकी जिल्लाहरु पीडामा छन्। खाद्यान्न, औषधि उपचार अभाव चुलिएको छ। तत्कालका लागि एक लाख रुपैयाँ आर्थिक सहायता गर्ने निर्णय गरेका छौं।’

पालिकाको अध्यक्षको हैसियतले व्यक्तिगत रुपमा ३५ हजार समेत सहयोग गर्ने अध्यक्ष विष्टले घोषणा गरेका छन् । ‘गाउँपालिकाको अध्यक्षको हैसियतले विभिन्न शिर्षकबाट प्राप्त हुने सेवासुबिधा बापत १ महिना बराबरको ३५ हजार उपलब्ध गराउने स्वघोषणा गर्दछु’ अध्यक्ष विष्टले भने ।

बिपत्तिको यस घडीमा स्वैच्छिक सहयोग गर्न चाहनुहुने जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारीहरु, सामाजिक संघ संस्थाहरु, सहकारी संस्थाहरु, बित्तीय संस्थाहरु, उधोगी व्यवसायी तथा समाजसेवीहरुले नजिकको वडा कार्यालय अथवा राप्ती गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत पालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया