एन्टिबायोटिक्स प्रयोगमा सचेत बन्दै देउखुरीका कृषक

बासुदेव न्यौपाने

 

देउखुरी । अहिले आएर एन्टिबायोटिक्स विश्वको टाउको दुखाईको विषय बनेको छ । मानिस सामान्य विरामी पर्दा समेत आफै डाक्टर बनी एन्टिबायोटिक्सको प्रयोग धेरै गरेको पाइन्छ । तर यसको असरका विषयमा मानिसहरु अझै पनि अनविज्ञ नै छ । आज हामी पशु पन्छिमा प्रयोग भएको एन्टिबायोटिक्सको विषयमा चर्चा गर्दै छौं ।

एन्टिबायोटिक्स मानिसमा मात्र नभएर पशु पन्छि, वातावरणमा पनि प्रयोग हुदै आएको छ । जसको प्रत्यक्ष असर भने मानिसमा नै पर्ने गरेको छ । मानिस सामान्यरुपमा नबुझेर पनि एन्टिबायोटिक्सको प्रयोग गरेको पाइएको छ ।

बिशेष गरी तरकारी, कुखुराको मासु (दाना) तथा दुधमा बढी एन्टिबायोटिक्स पाइएको छ । तर, पछिलो समय कृषकहरु प्नि एन्टिबायोटिक्स प्रयोगमा सचेत बन्दै गएका छन् । कुखुरा पालक कृषि फर्महरुले पछिल्लो समस एन्टिबायोटिक्सको प्रयोग गर्न छाडेका छन् । एन्टिबायोटिक्सको प्रयोग र त्यसको असर बारे पछिल्ला समय आएका सुचनाहरुले गर्दा कृषकहरु यसबाट केही पछि सरेको बुझिएको छ ।

‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ । कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र ‘कोलिस्टिन’ प्रयोग गरिन्छ । नेपालमा भने अहिले पनि यो औषधि पशुपंक्षीमा प्रयोग भइरहेको एक अनुसन्धान प्रतिवेदनले औंल्याएको छ । यस्ता गलत व्यवहारले चाडै माहामारीको रुपमा देखा पर्ने विज्ञहरु बताउँछन् ।

यता तिब्र गतिमा एन्टिबायोटिक्सको असर देखिन थालेपछि राप्ती गाउँपालिका वडा नं. ४ मा अवस्थित सुरबि दुग्ध उत्पदान तथा कृषि बिकास प्रालीले एन्टिबायोटिक्स प्रयोग नगर्ने बताएको छ । सामान्यतया फर्मले एन्टिबायोटिक्सको प्रयोग नगरेको सुरबि दुग्ध उत्पदान तथा कृषि बिकास प्रालीका संचालक शंकर गौतमले बताए । ‘हामी कहाँ प्राविधिकहरुले सामान्य औषधि दिने, खाने कुरामा विशेष ध्यानदिने गरेका छौं’ गौतमले भने ‘सरसफाईमा विशेष ध्यानदिने हो भने एन्टिबायोटिक्स प्रयोग नै गर्नु पर्दैन ।’

असाबधानिक रुपमा गाई भैसी पालेकाहरुको थुनेलो र छालामा समस्या देखा पर्दा एन्टिबायोटिक्स प्रयोग बढी भएको गौतममले बताए । कृषि विज्ञहरुले पनि थुनेलोको दुध नखान सल्लाह दिदै आएका छन् ।

सुरबि दुग्ध उत्पदान तथा कृषि बिकास प्रालीमा गाईहरुको नियमित सफाईमा ध्यान दिने, नियमित खोपको प्रयोग गर्ने गरेको पाइयो । जसका कारण पनि उक्त फर्ममा एन्टिबायोटिक्स आवश्यकता नै परेको छैन । गौतमका अनुसरा हालसम्म एक पटकमात्र एन्टिबायोटिक्स प्रयोग भएको छ । एन्टिबायोटिक्सले मानिसमा समेत असर पर्ने हुदा उक्त दुध बजारमा प्रसोद्धन नगरी बाच्छालाई मात्र चुसाएको गौतमले बताए ।

राप्ती ४ मै रहेको प्रसिद्धि एग्रो एण्ड प्रोसेसिङ प्राली ले पनि अन्तिम अवस्थामा मात्र एन्टिबायोटिक्सको प्रयोग गर्ने गरेको छ । कृषिमा विशेष गरि रासायनिक मल भन्दा पनि गडेउला मलको प्रयोग गर्ने गरेको संचालक सरद शर्माले बताए । गाईलाई बजारबाट आयादित दाना भन्दा पनि आफै उत्पादन गरेर खुवाउने गरेका छन् ।गाईमा विशेष गरी थुनेलोको समस्या देखिने गरेको छ । यस्तो अवस्थामा प्रसिद्धि एग्रो एण्ड प्रोसेसिङ प्रालीले एन्टिबायोटिक्सको सट्टा घिउ कुमारी, तातो पानीले सेक्ने, आयुर्वेद औषधिको प्रयोग गर्ने गरेको शर्माले बताए । शर्माले भने मानिसको स्वास्थ्मा प्रत्यक्ष असर गर्ने औषधि प्रयोग गरेका छैनौ ।

त्यसैगरी छिटो उत्पादन गर्ने उदेश्यले बोइलर कुखुरामा एन्टिबायोटिक्सको प्रयोग धेरै भएको पाइन्छ । तर यस विषयमा देउखुरीका कुखुरा पालक पछिल्लो समय सचेत बन्दै गएका छन् । देउखुरी कुखुरा पालक संघका अध्यक्ष अर्जुन अधिकारीका अनुसार पछिल्लो समय कुखुरामा एन्टिबायोटिक्सको प्रयोग कम हुने गरेको बताए । ‘पहिला कुखुरामा धेरै नै एन्टिबायोटिक्सको प्रयोग हुने गरेको थियो’, अध्यक्ष अधिकारीले भने ‘पछिल्लो समय देउखुरीका कुखुरा पालक कृषकहरुले एन्टिबायोटिक्स प्रयोग कम गर्दै गएका छौं ।’

कुखुरामा प्रयोग गरीने एन्टिबायोटिक्स मानिसको स्वास्थ्यलाई पूर्ण रुपले हानी गर्ने थाहा हुदाहुदै पनि पहिला प्रयोग गर्न बाध्य भएको अध्यक्ष अधिकारले बताए । हाल देउखुरीका कुखुरा पालक किसानले अफसिजनमा मात्र प्रयोग गर्ने गरेका छन् ।

एन्टिबायोटिक्सको प्रयोग स्वास्थ्यका लागि हानिकार छ, प्रयोग नर्गन सरकारले भने पनि खुल्ला रुपमा एन्टिबायोटिक्स विक्री वितरण गर्न दिनु सरकारको कमजोरी रहेको अध्यक्ष अधिकारको भनाई छ ।

राप्ती गाउँपालिकाको पशु शाखाले पनि पशु पालकलाई एन्टिबायोटिक्स प्रयोग नगर्न सुझाव दिदै आएको शाखा प्रमुख जिवराज पौडेलले बताए । पशुहरुमा प्रयोग गरिएको एन्टिबायोटिक्सले पछि गएर मानिसलाई नै असर गर्ने र एन्टिबायोटिक्सले नछुने अवस्था आउने हुदा यसको प्रयोगमा कमी ल्याउन पहल गरीरहेको पौडेलले बताए । पालिकामा उपचारका लागि ल्याउने पशु तथा फर्म उपचार गर्न जादा समेत अन्तिम अवस्थामा मात्र पालिकाका प्रतिनिधिहरुले एन्टिबायोटिक्सको प्रयोग गर्ने गरेका छन् । होसीयारी पूर्वक आबस्यकता होकी होइन हेरेर मात्र एन्टिबायोटिक्स दिने गरेको पौडेलले बताए ।

पशु तथा कृषिमा एन्टिबायोटिक्स प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) फैलाउनमा अर्थपूर्ण प्रभाव पार्दछ । विश्वव्यापी रुपमा मानिसमा प्रयोग हुने एन्टिबायोटिक्सको लगभग ७० प्रतिशत औषधिहरु पशुपन्छि उपचारमा प्रयोग गरिन्छ । साथै उनिहरुको खानामा मिसाई खुवाउदा त्यसको प्रत्यक्ष असर मानव शरिरमा पर्ने हुदा एन्टिबायोटिक्सको प्रयोग पशुपन्छि तथा तरकारीहरुमा प्रयोग नगर्नु नै उचित हुनेछ ।

तपाईको प्रतिक्रिया