राप्ती गाउँपालिकाका उद्यमी व्यवसायी विच शुभकामना आदान प्रदान तथा अन्तरक्रिया सम्पन्न

देउखुरी । राप्ती गाउँपालिका भित्र रहेका विभिन्न व्यवसायमा आवद्ध उद्यमी व्यवसायी बिच शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष, सफल व्यवसायी तथा समाजसेवी जगत प्रसाद पोख्रेलको पहलमा उद्यमी व्यवसायी बिच अन्तरक्रिया सम्पन्न भएको हो ।

कायक्रममा बोल्दै जगत प्रसाद पोख्रेलले देशमा विद्धमान राजनीती तथा सरकारको अस्थिरता, राज्यको स्पष्ट निती नहुनु, व्यवसायी प्रतिको धारण स्पष्ट नहुनु नै व्यवसाय धरापमा परेको बताउनु भयो । जवसम्म राज्यमा स्थिर सरकार बन्दैन तबसम्म व्यवसाय जोखीममा रहने उहाँको भनाइ थियो ।

सरकारको स्पष्ट निती नभएपनि व्यवसायलाई अगाडी बढाउन डिजिटल मार्केटमा जानु पर्नेमा पोख्रेलले जोड दिनुभयो । अहिलेको मार्केट भने कै डिजिटल मार्केट हो पोख्रेलले भन्नु भयो हामी सँग समान छ तर प्रचार गर्न सकेका छैनौ ।

अन्तरक्रिया कार्याक्रममा आगामी दिनमा व्यवसायलाई थप मजबुद गराउदै कसरी अगाडी बढाउने, व्यवसायका नयाँ अवसर तथा चुनौतीका बिषयमा छलफल भएका छन् । साथै व्यवसायीहरुले आफ्नो व्यवसायमा भोग्नु परेका समस्या, आगामी दिन आउन सक्ने चुनौतीका विषयमा पनि चर्चा गरिएको थियो ।

कार्यक्रमा बोल्ने अधिकासं व्यवसायीहरुले नेपालमै रोजगारी सृजना गरेको, विदेश जाने युवाहरुलाई कसरी स्वदेशमै रोकी उद्यमी बनाउन सकिन्न भन्ने विषयमा जोड दिएका थिए ।

यस किसिमको अन्तरक्रियाले व्यवसायी उत्साहीत हुनुको साथै व्यवसायमा उर्जा प्रदान गरेको बताएका थिए । आगामी दिनमा यस किसिमका कार्यक्रमहरु उद्योग वाणिज्य संघले आयोजना गरी व्यवसायीहरुलाई हौसला प्रदान गर्न समेत सुझाव दिएका छन् ।

कार्यक्रमा जगत प्रसाद पोख्रेल, उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, राप्ती फिड इण्डस्ट्रिजका इश्वरी प्रसाद श्रेष्ठ, भुमी इण्डस्ट्रिजका सन्दिप श्रेष्ठ, माउण्टेल वाटरका मान सिंह पुन, राम बहादुर. चौधरी, गञ्ज बहादुर बिष्ट, किरण भण्डारी, शंखर गौतम, इश्वरी प्रसाद भण्डारी, बसन्त आचार्य, रेसम ब. खड्का, सितल रिजाल, बासुदेव न्यौपाने, सरद शर्मा, बालकृष्ण पोख्रेल, तिर्थ ज्ञवाली लगायतका व्यवसायी तथा पत्रकारको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया