दाङ–बालुवा चोरी नियन्त्रण रोक्न लमही नगरपालिका एक्सनमा उत्रिएको छ । बुधवार र बिहिवार लमही नगरपालिकाले अनुगमन गर्दै बालुवा चोरी नियन्त्रण गर्न अभियान थालेको छ । यस क्रममा अवैध रुपमा थुपारिएको बालुवालाई नापजाँच गर्दै नगरपालिकाले आफ्नो मातहतमा ल्याएको छ ।

बिहिवार लमही नगरपालिका वडा नं. ६ अर्जुनखोला र वडा नं. ८ गिधेनियामा अनुगमन टोली पुगेको हो । सो क्रममा केही ट्याक्टर, जेसीवी र टिपर नियन्त्रणमा लिइएको छ । खाली ट्याक्टर र आँगनमा पार्किङ्ग गरिएको जेसिवी जवरजस्ती प्रहरी चौकीमा लगिएको दावी सम्वन्धित सवारी धनिले गरेका छन् ।
आँगनमा पार्किङ्ग गरिएको रा १ क २७३ नम्बरको जेसिवी, रा १ त ४१६६ र लु ४ त २६०९ नम्बरको खाली ट्याक्टर भएको दावी गरिएको छ । तर, नगरपालिकाले बालुवा चोरीमा ति सवारी साधन संलग्न भएकाले नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको छ ।
अर्जुनखोलाबाट पक्राउ परेका ट्याक्टर वडा प्रहरी कार्यालय लमही, र गिधेनियाबाट पक्राउ गरिएको टिपर र ट्याक्टर प्रहरी चौकी सतबरियाको नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया