देउखुरी । दाङकाे भालुवाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका-४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा डेकाेर व्यवसाय गर्दै आएका २४ वर्षीय विजय खनालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्नेक्रममा बसले खनाललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए।
ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया