दाङ–लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ।

तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको मन्त्रीका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए । कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किदै थिए।
एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको हो। सामान्य चोटपटक लागेको गौमतले बताए । गाडीमा ५ जना सवार थिए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो।

लेखकको बारेमा

तपाईको प्रतिक्रिया