दाङ देउखुरीको भूगोल सहकारीले थाल्यो मोबाइल बैंकिङ सेवा

देउखुरी । दाङस्थित भूगोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ्ग सेवा सुरु गरेको छ।

 

सहकारीका शेयर सदस्य तथा बचतकर्तालाई वित्तीय कारोबारमा सहयोग पुर्‍याउने उद्देश्यले मोवाईल बैंकिङ्ग सेवा दिन थालेको सहकारी संस्थाका अध्यक्ष गंगाराम भट्टराईले जानकारी दिए।

उनका अनुसार सबै प्रकारको आर्थिक कारोबार मोवाइल बैंकिङ्गबाट गर्न सकिने छ। मोवाइलमा रिचार्ड, विजुली, खानेपानी, इन्टरनेटको भुक्तानी गर्न, रेमिट्यान्स, शेयर ब्रोकर एकाउन्ट, ट्राफिक जरिवानालगायत सुविधा छ। ०७०/७१ मा स्थापना भएको सहकारी संस्थामा शेयर पुँजी सवा करोडको छ भने लगानी साढे पाँच करोड पुगेको छ।

शेयर सदस्य हाल चार सय हाराहारीमा पुगेको कोषाध्यक्ष विमल केसीले जानकारी दिए।‘डिजिटल युग हो। नयाँ पुस्ताको मागको आधारमा सहकारीले सेवा थपेको हो’उनले भने,‘सहकारीको सेवालाई समय सापेक्ष बनाउदै लगेका छौं।

तपाईको प्रतिक्रिया