बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि पराकम्पन पनि गइरहेको स्थानीयले बताएका छन् । निरन्तर पराकम्पन जान थालेपछि स्थानीयहरू घर छाडेर बाहिर निस्किएका छन्।
भूकम्पको महसुर भारतकाे नयाँ दिल्लीसम्म गरिएकाे छ । क्षतिको विवरण भने आउन बाँकी रहेको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया