आदर्श नमुना मावि लालमटियामा हेलिकप्टर आकस्मिक अवतरण

देउखुरी –दाङमा हेलिकप्टरको आकस्मीक अवतरण भएको छ ।

 

हुम्ला बाट पोखरा जाँदै गरेको कैलास हेवा कम्पनीको हेलिकप्टर बेलुका राप्ती गाउँपालिका स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाकाे प्रांगणमा  मौसम खराबको कारण आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

पाइलट सहित चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

बेलुका करिब ६:४० बजे आकस्मिक अवतरण भएको हेलिकप्टरमा सवार चार जना भालुबाङ स्थित होटेल पौवामा बस्ने र भोलि बिहान मौसम सफा भएपछि पोखरा जाने उक्त हेलिकप्टरका पाइलट दिलिप थापाले हाम्रो लुम्बिनी न्युजलाई जानकारी दिनु भएको छ ।

उक्त हेलिकप्टरमा पाइलट दिलिप थापा , इन्जिनियर अरुण चौधरी , भारतिय मुलका अमेरिकन नागरिक कनुवाल देशर र जागृत पटेल रहेको पाइलट थापाले जानकारी दिनु भएको छ ।

 

तपाईको प्रतिक्रिया