लुम्बिनी प्रदेश : आर्थिक भार बढ्ने भएकाले मन्त्रालय नबढाउन मुख्यमन्त्रीलाई कांग्रेसको निर्देशन

देउखुरी । नेपाली कांग्रेस लुम्बिनीले आर्थिक भार बढ्ने भएकाले मन्त्रालय नबढाउन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई कांग्रेसको निर्देशन दिएको छ।

 

बुधबार साँझ बसेको कांग्रेसको लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई निर्देशन दिएको हो।

बैठकले अहिलेको अवस्थामा मन्त्रालय थप गर्दा आर्थिक भार बढ्ने र जनतामा नकारात्मक सन्देश जाने भएकोले हाल भइरहेको मन्त्रालय नबढाइ सरकारलाई पूर्णता दिन मुख्यमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। लुम्बिनीमा अहिले १० वटा मन्त्रालय छन्। मन्त्रिपरिषद्‌मा अहिले सात सदस्य छन्। मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित चार वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

लुम्बिनीमा थप दुई वटा मन्त्रालय सिर्जना गरेर १२ वटा बनाउने तयारी छ। यस विषयमा दलहरूबीच पहिले नै सहमति भएको बताइएको थियो। तर कार्यान्वयन नहुँदै कांग्रेसले मुख्यमन्त्रीलाई निर्देशन दिएर मन्त्रालय नबढाउन भनेको हो।

तपाईको प्रतिक्रिया