देउखुरी उद्योग बाणिज्यको संघकाे अध्यक्षमा सिंह र घिमिरेको मनोनयन

देउखुरी । देउखुरी उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । कमलजंग सिंह ठकुरी र कृष्णप्रसाद घिमिरेको अध्यक्ष पदमा मनोनयन दर्ता भएको हो ।

 

अध्यक्ष सहित बाणिज्य उपाध्यक्ष, महासचिव र खुल्ला सदस्यमा निर्वाचन हुने देखिएको छ । उद्योग उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भदौ २५ गते सार्वजनिक बगैचामा मतदानको समय तोकिएको छ ।

उद्योग उपाध्यक्षमा केशवराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् भने बाणिज्य उपाध्यक्ष, महासचिव र खुला सदस्य चयनका लागी निर्वाचन हुने भएको छ । बाणिज्य उपाध्यक्षमा केशव घिमिरे र डिल्लीराज खनालको उम्मेदवारी दर्ता भएको छ । महासचिवमा ईश्वरप्रकाश श्रेष्ठ र बसन्तकुमार भण्डारीको मनोनयन दर्ता भएको निर्वाचन संयोजक लिलाराम खनालले जानकारी दिए।

सचिवमा गणेश घिमिरे र कोषाध्यक्षमा हरीबहादुर थापा निर्विरोध निर्वाचित भएको छन्। पाँच जना खुल्ला सदस्यका लागी ११ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा अकबर अली, सुन्दर केसी, भिष्मराज गैरे, शिवचन्द घिमिरे, लुमाकान्त बोहरा, गोविन्दप्रसाद पुलामी, सुनिलकुमार चौधरी, बावुराम भुसाल, राम्रसाद आचार्य, देविप्रसाद बेल्वासे र शान्ता खनालको मनोयन दर्ता भएको छ । दुई जना महिला सदस्यमा शारदा सुवेदी र खुसविरन निसा निर्विरोध निर्वाचित हुनु भएको छ ।

बाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादीको एउटा प्यानल खडा भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बाणिज्य उपाध्यक्ष र खुल्ला सदस्यमा मनोयन दर्ता गरेको छ । अध्यक्षमा कृष्ण घिमिरेले स्वतन्त्र उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै मनोनयन दर्ता गरेको जानकारी दिए । उनी मोहन वैद्य नेतृत्वको क्रान्तीकारी माओवादी पार्टीमा आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया