राप्ती गाउँपालिका २ लालमटियामा अवस्थित श्री आदर्श नमुना माद्यमिक विद्यालय भित्र एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । विद्यालयमा अध्ययनरत बर्ष १३ की एक दृष्टिविहीन वर्षीया बालिका बालात्कृत भएकी हुन् ।

बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी रामबहादुर खनाललाई पक्राउ गरेको छ । खनालले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए ।
बालिकाले सोही विद्यालयको दृष्टिविहीन छात्राबासमा बसेर पढ्दै आएकी थिइन । विगत पाँच वर्षदेखि सोही विद्यालयको छात्रावासमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यस बिषयमा विद्यालयका प्रधानध्यापक किरण पोख्रेललाई बुझ्दा विद्यालयले यस बिषयमा पिडित र पिडक संग बुझ्ने काम भइरहेको बताए । उनले घटनाबारे बुझ्न पिडितलाई स्कूलमा बोलाए पनि आउन नमानेको जानकारी दिए । साथै प्रधानध्यापक पोख्रेलले पिडित बालिकाको स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र बिषय स्पष्ट हुने बताए ।
पिडित बालिकाले आजै ईलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएपछि आजै नै आरोपित कार्यालय सहयोगी खनाललाई पक्राउ गरिएको प्रहरी निरक्षिक सिंहले जानकारी दिए । खनाललाई आजै म्याद थपका लागि दाङ—देउखुरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया