लमहीको जैविक पार्कमा रोटरी स्तम्भ

देउखुरी । लमहीको जैविक विविधता पार्कमा रोटरी स्तम्भ स्थापना गरिएको छ । रोटरी क्लव अफ लमहीले आइतबार एक कार्यक्रमको आयोजनागरी क्लवका पूर्व अध्यक्ष बसन्त भण्डारीले दिवंगत आमा मोहनकुमारी भण्डारीको स्मृतीमा तयार पार्नु भएको स्तम्भ स्थापना गरिएको हो ।

 

पर्यटन प्रबद्र्धन गर्नका लागी प्रेरणा थप्ने उद्देश्यले रोटरी क्लवको स्तम्भ स्थापना गरिएको क्लवका अध्यक्ष केशव घिमिरेले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष केशव घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले स्तम्भको अनावरण गर्नु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख चौधरीले नगरको विकासको लागी जैविक विविधता पार्कले महत्वपूर्ण योग्दान गरेको बताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले पार्कले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न थालेकोमा खुसी व्यक्त गर्नु भयो ।

रोटरीयन एजी वर्ष २०२३/२०२४ का विमल रिजालले रोटरी विशुद्ध समाजसेवाको भावनाले जन्मिएको संस्था भएको स्मरण गराउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्य, अजम्मरी सामुदायिक वन समुहका अध्यक्ष पवन शर्मा रिजाल, पत्रकार राधेश्याम गुप्ता लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

स्वागत पूर्व अध्यक्ष बसन्त भण्डारीले गर्नु भएको थियो भने सहजीकरण सचिव लोकमान रिजालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया