कक्षा १२ को परिक्षामा लमही गोरखाको उत्कृष्ट नतिजा

दाङ–लमहीको गोरखा मोडेल स्कुलले हालै प्रकाशित कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै देउखुरीमा सर्बाेत्कृष्ट भएको विद्यालयले जनाएको छ । गोरखा मोडेल स्कुल लमहीले कक्षा १२ को रिजल्टमा देउखुरीमै सर्बोत्कृष्ट रिजल्ट दिन सफल भएको विद्यालयका प्राचार्य लोकमान रिजालले बताए ।

 

उनका अनुसार ३.६१ देखी ४ जिपिए ए प्लस ल्याउने दुई जना, ३.२१ देखी ३.६ सम्म ए ग्रेडमा ५७ जना विद्यार्थी उत्तिर्ण भएका छन् । कुल २३७ परिक्षामा सामेल भएका मध्य २०३ जना विद्यार्थी उत्तिर्ण हुन सफल भएका हुन ।

लमही क्षेत्रमा रहेको गोरखा मोडेल स्कुलले देउखुरीको शैक्षिक विकासमा महत्वपूर्ण योग्दान पु¥याएको भन्दै अभिभावक तथा विद्यार्थीहरु खुसी भएका छन् । विद्यालयले व्यवस्थापन र विज्ञान संकायमा पठनपाठन गराउदै आएको छ । विद्यार्थीको आकर्षण तिब्र भएकाले विद्यालयले पनि सोही अनुसारको व्यवस्थापन चुस्त बनाउदै लगेको छ ।

तपाईको प्रतिक्रिया