दशरथ घिमिरे

दाङ – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २०८० लाई लिएर लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको छ। मन्त्रालय परिसर छेउमा टेन्ट टाँगेर शिक्षकहरु धर्नामा बसेका हुन्।
उनीहरुले विद्यालय शिक्षा ऐन पेशागत ट्रेड यूनियन अधिकार, शिक्षक–कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानविरुद्ध रहेको बताएका छन्।
ऐनमा रहेको व्यवस्थाले स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक तह, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीहरुको मुद्दालाई सम्बोधन गर्न नसकेको गुनासो गरेका छन्।
शिक्षक महासंघले सामाजिक विकास मन्त्रालयका निमित्त सचिव मनोज गैरेलाई ज्ञापनपत्र पनि बुझाएको थियो।









लेखकको बारेमा

तपाईको प्रतिक्रिया