कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्तीको सन्दर्भमा राष्ट्रिय जनमोर्चा दाङ ले राप्ती गाउपालीका ३ स्थित घन्टदेब सामुदायिक बनमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

दाङको कम्युनिस्ट पार्टीका सस्थापक सचिब नारायण प्रसाद शर्मा , राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपाली र जेष्ठ कम्युनिस्ट सदस्य तथा नेकपा एकीकृत समाजबादी का केन्द्रिय सल्लाहकार भगवती प्रसाद चौधर ले उक्त कार्यक्रमको सामुहिक रुपमा बिरुवा रोपेर उदघाटन गर्नु भएको हो ।
आज भन्दा ७५ बर्ष पहिला स्थापना भएको कम्युनिस्ट पार्टीमा विभिन्न समुहहरु भएपनि स्थापनाको अबिभाजित कम्युनिस्ट पार्टीको संदेश दिने उदेश्य सहित हिरक जयन्तीमा रचनात्मक कार्यक्रम गर्ने प्रयत्न गरिएको राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनु भयो ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष नेपालीले कम्युनिस्ट आन्दोलनमा बिचलन आएकोले यो हिरज जयन्तीले कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरणमा जोड दिनु पर्ने कुरा बताउनु भयो । यसैगरी सस्थापक सचीव सर्माले कम्युनिस्ट पार्टीहरु हामी सबै धेरै बिग्रेका छौ असल कम्युनिस्ट बन्नु होला । मलाई यसरी सम्मान र सम्झना गर्नु भयो धेरै खुसी छु भन्नू भयो ।
यस्तै जेष्ठ कम्युनिस्ट नेता तथा समाजबादी सल्लाहकार चौधरीले असल कम्युनिस्ट पार्टीहरुले यस्तै कार्यक्रम गर्नु पर्ने हो । तर अहिले कुनै कम्युनिस्टहरु अछुतो रहेनन । सबै बदनाम बनेकोमा धेरै चिन्ता लाग्छ । हामिले नेता मानेकाहरु अपराध गरेर खोरमा छ्न । यो धेरै दुखको कुरा हो । तपाईहरु असल बन्न खोज्नु भएकोमा धेरै खुसी लाग्यो भन्नू भयो ।
उक्त कार्यक्रममा राजमो केन्द्रिय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभा सदस्य तारा थापाले मन्तव्य राख्नु भएको थियोे । तिन जना दाङको कम्युनिस्ट आन्दोलनका महत्त्वपूर्ण ब्यक्तिहरु नेपाली , सर्मा र चौधरीलाई राजमो जिल्ला अध्यक्ष गणेश आचार्य ले फुलमाला र अबिरले सम्मान गर्नु भएको थियोे । राजमो जिल्ला सचिबालय सदस्य केसबराज खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचीव बसन्त पौडेलले गर्नु भएको थियो ।
कार्यक्रमको उदघाटन गरि मन्तव्यको कार्यक्रम सकि घन्टदेब सामुदायिक बनको तारबार गरेको पाच हेक्टर जमिन मा बृक्षारोपण गरिएको थियो।

तपाईको प्रतिक्रिया