दाङ–लुम्बिनी प्रदेशमा विपद् आईपरेको बेला आन्तरिक सेवालाई चुस्त र व्यवस्थीत गर्न कार्ययोजना निर्माण गरिएको छ । सो कार्ययोजना बारेमा हालै सामुहिक छलफल समेत गरिएको छ ।

संघीयस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन प्राधिकरण र लुम्बिनी प्रदेश गृह मन्त्रालयको समन्वय, नेपाल रेडक्रस सोसाइटी, यूएनडिपी, यूनिसेफ, यूएनवुमनको नेतृत्व, इयूईसिएचओ को आर्थिक सहयोगमा शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत गृह मन्त्रालय आन्तरिक बिपद्को समयमा आन्तरीक सेवा प्रवाहलाई निरन्तरताका लागि कार्ययोजना सार्वजानिकरण तथा टेबलटप कार्यक्रम सम्पन्न भएको हो ।
गृह मन्त्रालयका सचिव लालबावु कवारीको अध्यक्षतमामा भएको कार्यक्रममा युनिसेफका प्रतिनिधि सुबास ज्ञवालीले सुपर कार्यक्रममा भएका गतिबिधिहरु र आगामी दिनमा सरोकारवालाहरु सगँ अझ समन्वयात्मक ढंगंले अघि बढ्ने जानकारी दिनु भएको छ ।
स्वास्थ्य मन्त्रालयका डा.पुष्पराज पौडेलले ब्यवसाय गतिबिधिहरु निरन्तर अघि बढाउनुपर्ने बताउनु भयो । कार्यक्रममा दिनेशचन्द्र जोशीले कार्यलयमा कसरी सेवा निरन्तरताको लागि अगाडि लग्ने, बाढी पहिरो आगलागी भुक्कम्प आयो भने के गर्ने ? कार्यालयको कामलाई बन्द नगरी निरन्तरता सेवा दिने र बिपद्का घटनालाइ परिघटना बनाइ समुहमा छलफल गर्ने, स्थानिय तह तथा मन्त्रालयहरु सुरक्षा निकायाहरु बिचमा अन्तरकृयात्मक रुपमा सहजिकरण गर्नु भएको थियो ।
यस्तै गृह मन्त्रालयको सेवा निरन्तरताको दस्ताबेज बन्ने र सबै मन्त्रालयमा यो सेबाको जानकारी गराइने भएको छ । कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेनाका प्रमुख, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मन्त्रालयका बिपद् फोकल ब्याक्तीहरु, स्थानिय तहका बिपद महाशाखा एवम् शाखा प्रमुख, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा रहेको थियो । कार्यक्रमको सञ्चालन गृह मन्त्रालयका बिपद् फोकल ब्यक्ती रबिन्द्र केसी ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया