नेपाल निवृत शिक्षक समाज राप्ती गाउँपालिकाको भेला सम्पन्न

 

 

देउखुरी । नेपाल निवृत शिक्षक समाज राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका स्तरिय भेला सम्मन्न भएको छ ।

शुक्रबार सिसहनियामा नेपाल निवृत शिक्षक समाज राप्ती गाउँपालिकाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षता तथा श्री सर्वोदय मा.वि. सिसहनियाका प्रअ गोविन्द केसीको प्रमुख आतिथ्यतामा र निवृत शिक्षक समाज राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

३५ जना सेवा निवृत शिक्षकहरु उपस्थित भेलाको सञ्चालन निवृत शिक्षक समाज राप्ती गाउँपालिकाका सचिव कृष्णराज पौडेलले गर्नु भएको थियो ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया