देउखुरीमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

देउखुरी । दाङको देउखुरीमा सरकारी गाडीले मोटरसाइललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।

 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कार्पिओले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–७ वनगइ जंगलमा ठक्कर दिएको थियो।

लमही नगरपालिका–९ तेलिया निवासी ३३ वर्षीय मोटरसाइकल चालक अमृत राजकोटी र सोही ठाउँ निवासी ५२ वर्षीय भिमबहादुर कुमाल गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए।

घाइतेहरुलाई प्राथमिक उपचारको लागि लमही अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया