निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप पहिरोले भत्कायो

बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप मँगलबार वर्षासँगै झरेको पहिरोले पूर्णरुपमा भत्काएको छ । सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिरोले भत्काएको हो । यसैगरी पाल्पातर्फको रिपलाई समेत यसअघिको पहिरोले असर परेको छ ।

 

बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा अहिले बर्खाको समयमा समेत सुरुमार्ग निर्माणको काम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सुरूङमार्गमा अहिले टनेल पोर्टलको काम भइरहेको आयोजनाले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा बन्ने सुरूङमार्गले सडक डाइर्भसन सकेर टर्नेल पोर्टलको काम जारी रहेको हो ।

 

तपाईको प्रतिक्रिया