सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। श्रीमती दाहालको बुधबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

 

बुधबार नै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्‌को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

दिवंगत दाहालको पार्थिव शरीरमा श्रीमान् प्रचण्ड र छोरीहरु रेनु र गंगा दाहालले दागबत्ती दिएका छन्।

लामो समयदेखि दुर्लभ पार्किन्सन रोगले ग्रसित दाहालको बुधबार बिहान नर्भिक हस्पिटलमा निधन भएको थियो।

तपाईको प्रतिक्रिया