प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।

प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ।
चिकित्सकहरुका अनुसार दाहालको बुधबार बिहान ८ः३३ बजे निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट पीडित थिइन्।
दाहालको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने बताइएको छ।
बिहान ११ बजेदेखि १ बजेसम्म त्यहाँ राखिने र दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी सचिवालयले दिएको छ।

तपाईको प्रतिक्रिया