देउखुरी । नुहाउने क्रममा खोलामा डुवेर देउखुरीमा एक बालकको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका ३ करम्दीखोलामा नुहाउने क्रममा रोल्पाको सुनछहारी गाउँपालिका ३ भित्रीगाम घर भई हाल राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयामा बस्दै आएका सनबहादुर बुढामगरका ६ वर्षिय छोरा खिमान बुढामगरको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
हजुरआमाको घरमा बसेर सिद्वार्थ बोडिङ स्कुल युकेजीमा पढ्दै आएका बुढामगर आइतबार दिउँसो ३ः२५ बजेको साथीसँग नुहाउन गएका थिए । नुहाउने क्रममा खोलामा डुवेर घाइते भएको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । खोलाबाट स्थानियले उद्धार गरी बालकलाई प्रस्तावित भालुवाङ अस्पतालमा लगे लगत्तै चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेका थिए ।
मृतक बालकको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालको शवगृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया