दाङका पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

दाङ। पूर्वराज्यमन्त्री महेश चौधरीको बुधबार निधन भएको छ ।

 

हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।

एमालेका नेता समेत रहेका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । चौधरीलाई थारु कला, साहित्य, भाषा र संस्कृतीको धरोहरका रुपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया