प्रशिद्धि एग्रो एण्ड प्रोशेसिङ प्रा.ली ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ४० जनाले लिए स्वास्थ्य सेवा

देउखुरी । राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट कि ७५ वर्षिया दमन्ता कार्कीलाई पेट दुख्ने, खाना मन नलाग्ने जस्ता समस्याले सताएको थियो । गर्मी बढेसँगै समस्या सामान्य होला भन्ने सोचेकी उनको पित्त थैलीमा पत्थरी रहेछ । उनले आफ्नै घर आगनमा बुधवार रोग पत्ता लगाउने अवसर पाइन । उनी मात्र हैन राप्ती ४ का ७१ वर्षिया बलराम पोख्रेलको पनि स्वास्थ्यमा समस्या देखिएको थियो । उनले पनि बुधवार स्वास्थ्य सेवा लिने अवसर पाए । घर आगँनमै स्वास्थ्य जाँच गराउदा उनको प्रेसर बढेको पत्ता लाग्यो । उनि मात्र होइन त्यस क्षेत्रका धेरैले स्वास्थ्य उपचार सेवा पाएका छन् ।

 

राप्ती गाउँपालिका मौरिघाटमा बुधवार आयोजना गरेको नसर्ने रोग सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविरमा उनिहरुले सेवा लिने अवसर पाएका थिए ।

प्रशिद्धि एग्रो एण्ड प्रोशेसिङ प्रा.ली ले राप्ती गाउँपालिका वडा नं. ४ स्थित आफ्नै फर्ममा नसर्ने रोग सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविरमा आयोजना गरेको थियो । उक्त शिविरमा ४० वर्षदेखि ७५ वर्ष उमेर समुहका १ सय ४० जनाले स्वास्थ्य उपचार गर्ने अवसर पाएका प्रशिद्धि एग्रो एण्ड प्रोशेसिङ प्रा.ली का सञ्चालक प्रकाश मणी घिमिरेले जानकारी दिए ।

शिविरमा ८४ जना महिला र ५६ जना पुरुष गरी १ सय ४० जनाले सेवा लिएका डा. सन्न कार्कीले बताए । उनले भने महिला ६० प्रतिसत र पुरुष ४० प्रतिशतले शिविरबाट लाभान्वित भएका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा ७७ जनाको ल्याव टेष्ट गरिएको छ । उनीहरुको रिपोर्ट आएपछि मात्र थप उपचार गरिने डा. अरुण श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त शिविरमा डा. सन्नी कार्की, डा. अरुण श्रेष्ठ, जनस्वास्थ्य अधिकृत सुसज्ञा भुसाल लगायतको समुहले सेवा उपलब्ध गराएका थिए ।

प्रशिद्धि एग्रो एण्ड प्रोशेसिङ प्रा.लीको आयोजना, हेल्थ फाउन्डेशन नेपालको प्राविधिक सहयोग तथा राप्ती गाउँपालिका वडा नं ४को सहजीकरणमा शिविर सम्पन्न भएको हो ।

प्रशिद्धि एग्रो एण्ड प्रोशेसिङ प्रा.ली ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर वलीले गरेका थिए । वलीले स्वाच्छ नागरिक उत्पादन गर्ने, सिर्जनशिल नागरीक उत्पादन गर्ने र यस क्षेत्रका बासिन्दाहरुमा नसर्ने रोगको अवस्था बारे अनुसन्धान समेत हुने हुदा आयोजक लागि धन्यवाद दिए ।

हेल्थ फाउन्डेरन नेपालले सन् २०१८ देखि नसर्ने रोग सम्बन्धी रहेर काम गरिरहेको फाउन्डेसनका प्रबन्ध निर्देशक प्रयास गौतमले बताए । नसर्ने रोग सम्बन्धी काम गर्दै आएको र आज नसर्ने रोग सम्बन्धी एक दिने निःशुल्क शिविरमा आएर स्वास्थ्य सेवा दिन पाएकोमा खुसी व्यक्त गरे ।

प्रशिद्धि एग्रो एण्ड प्रोशेसिङ प्रा.ली का सञ्चालक प्रकाश मणी घिमिरेले फर्मको सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले स्वास्थ्य शिविर आयोजना गरेको बताए । उनल भने हामी नाफा मुलक भन्दा पनि सेवा मुलक भावले फर्म सञ्चालन गर्दै आएको छौ र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने छौ । उद्घाटन सत्रको सहजीकरण वडा नं. ४ का वडाध्यक्ष विर बहादुर चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया