दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले सरकार विस्तार गरेका छन्।

मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेकाेमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चाैधरीले सरकार विस्तार गरेका हुन्।
नेपाली कांग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरी तीन जना मन्त्री थपिएका हुन्।
कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन्।
वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चाैधरीलाई भाैतिक पूर्वाधार विकास मन्त्रालय र लाेकतान्त्रिक समाजवादी पार्टीका सन्ताेष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकाे जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री चाैधरीले आफूसँग तीन वटा मन्त्रालय राखेका छन्।
खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफूसँगै राखेका छन्।
भागबण्डा पुर्याउन मन्त्रालय र राज्यमन्त्री थप्ने तयारी गरिएपनि मुख्यमन्त्री मन्त्रालय बढाउने विषयबाट पछि हटेका छन्। अघिल्लो सरकारकाे पालामा रहेका मन्त्रालयहरुकाे संख्यालाई कायम राख्नेगरी मुख्यमन्त्री अघि बढेका छन्।

तपाईको प्रतिक्रिया