जन्मदिनमा नियमित रक्तदान

दाङ-सामाजिक अभियन्ता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराईले आफ्नाे जन्मदिनमा रक्तदान गरेका छन् । उनले जन्मदिनमा नियमित रक्तदान गर्दै आएका छन् ।

 

रगतकाे अभाव हुन नदिने उदेश्यले लमही रक्तसञ्चार केन्द्रमा पुगेर उनले रक्तदान गरे ।`रगत उत्पादन गर्ने उद्योग हुने कुरै भएन । दान गरेपछि मात्रै रगत पाइने हाे´उनले भने-`रक्तदान जीवनदानकाे सन्देश सबै ठाउँमा पुर्‍याउन आवश्यक छ ।´

नयाँ रक्तदाताकाे अभाव छ । लुप्त रक्तसमुहका दाता भेट्टाउन मुस्किल छ । जसले गर्दा स्वतन्त्र रुपमा रक्तदान गर्नेदाताहरु बढाउन आवश्यक रहेकाे देखिन्छ ।

तपाईको प्रतिक्रिया