दाङ-लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबादुर चाैधरीले साेमवार विश्वासकाे मत लिने भएका छन ।

सरकारलाई छिटाे पूर्णता दिनेगरी विश्वासकाे मत छिट्टै लिन थालेका हुन । शुक्रबार पद तथा गाेपनियताकाे शपथ पश्चात देउखुरीमा पदभार ग्रहण पश्चात बसेकाे मन्त्रिपरिषदकाे बैठकले साेमवार विश्वासकाे मत लिने निर्णय गरेकाे मन्त्री सन्ताेषकुमार पाण्डेले जानकारी दिए ।
साेमवार विश्वासकाे मत लिएपछि मंगलबार भित्र सरकारलाई पूर्णता दिने याेजना मुख्यमन्त्रीले बनाएका छन । यस्तै मन्त्रीपरिषद्काे बैठकले लुम्बिनी प्रदेशलाइ पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्ने, स्थानीय उत्पादनकाे बजारीकरण गरेर राेजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्याउनेगरि कार्यक्रम निर्माण गर्ने निर्णय गरेकाे छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया