दाङ–नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

पार्टीको राजनीतिक संवाद समितिका संयोजकको जिम्मेवारीमा रहेका सुरेन्द्र चौधरीले सो पार्टी छाडेको घोषणा गरेका हुन । पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आफूले पार्टी परित्याग गरेको घोषणा गरे ।‘आजबाट नागरिक पार्टीबाट औपचारिक रुपमा अलग भएको घोषणा गर्दछु’,उनले भने, ‘एउटा राजनीतिक झुण्ड र फटाहाहरुको संगतबाट आजदेखि उन्मुक्त भएको छु ।’
टिकापुर घटनामा पिडित बनेकाहरुलाई न्याय दिनुको साटो उल्टो परिवारवाद लाद्न खोजेको भन्दै उनले पार्टीबाट अलगत भएको बताए ।‘अन्यायमा परेकाहरुलाई न्यायको आवाज बोल्ने पार्टी होला भनेको आफ्नै पेट भर्ने, परिवारवाद हावी हुनेगरी काम गरेकाले छोडे’उनले भने,‘दाङबाट जुन हिसावले चुनाव लडे, म त्यहाँका मतदातालाई सम्मान गर्न चाहन्छु । हामी नयाँ ढंगले अघि बढ्छौं ।’
नयाँ पार्टी खोल्ने तयारी पनि उनको छ । नागरिक समाजवादी पार्टी चाँडै निर्वाचन आयोगमा दर्ता गर्ने पनि बताए । उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि भन्दै उनले नयाँ शीराबाट राजनीतिक यात्राको थालनी गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया