बिहीवारदेखि राप्ती नदीमा बेपत्ता भएका बालक भेटिए

 

 

 

देउखुरी । भालुवाङ स्थित राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालक २० घण्टापछि भेटिएका छन् ।

बिहिबार दिउँसो ४ बजेको समयमा नुहाउने क्रममा राप्ती गाउँपालिका १, भालुवाङ स्थित राप्ती नदीमा बालक बेपत्ता भएका थिए।

प्यूठानको झिमरूक ८, टिमुरेचौर घर भई सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार रामबहादुर सुनारका छोरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बुधबारदेखि बेपत्ता भएको इलाका प्रहरी भालुवाङले जनाएको छ ।

सुनारलाई शुक्रबार मध्यान्ह करिव १२ बजे सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरको टोलीले वेपत्ता भएकै ठाउँमा फेला पारेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल बहादुर सिंहले जानकारी दिएका छन् ।

सुनारलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया